मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

लक्ष्मीपूजामा विद्युत् माग १,७०० मेगावाट

barnanmedia.com · Sun Nov 08 06:01:00 UTC 2026

काठमाडौँ — नेपाल विद्युत् प्राधिकरणले यस वर्षको लक्ष्मीपूजाको समयमा देशभित्र विद्युत्को उच्चतम माग (पिक डिमान्ड) करिब १ हजार ७०० मेगावाट पुग्ने अनुमान गरेको छ। माग उच्च हुने यस पर्वमा लोड व्यवस्थापन गरी उपभोक्तालाई भरपर्दो र निरन्तर विद्युत् आपूर्ति सुनिश्चित गर्न प्राधिकरणले विशेष तयारी पूरा गरेको छ।

प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठका अनुसार लक्ष्मीपूजाको समयमा प्रणालीमा करिब २ हजार ५०० मेगावाट विद्युत् उत्पादन हुने प्रक्षेपण छ। कुल मागभन्दा आन्तरिक उत्पादन बढी रहेकाले बाह्य आयात बिना नै आन्तरिक उत्पादनले माग सहजै धान्ने उनले स्पष्ट पारेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)