लक्ष्मीपूजाको साँझ १७०० मेगावाट बिजुलीको माग हुने अनुमान, आन्तरिक उत्पादनले नै धान्ने
clickmandu.com · Sun Nov 08 06:04:42 UTC 2026

काठमाडौं । उज्यालोको पर्व तिहारमा सबैभन्दा बढी बिजुली खपत हुने दिन ‘लक्ष्मीपूजा’को साँझ विद्युतको अधिकतम माग करिब १ हजार ७०० मेगावाट पुग्ने अनुमान गरिएको छ । तिहारको यस प्रमुख दिनमा हुने उच्च मागलाई धान्न आन्तरिक उत्पादन नै पर्याप्त हुने नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार लक्ष्मीपूजाको समयमा देशको कुल विद्युत उत्पादन करिब २ हजार ५०० मेगावाट हुने प्रक्षेपण गरिएको छ । आन्तरिक मागभन्दा उत्पादन झन्डै ८०० मेगावाट बढी हुने भएकाले यस वर्ष लक्ष्मीपूजा तथा तिहारभरि विद्युत आपूर्ति सहज र भरपर्दो रहने प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)