ढकमक्क फूलले ढाकियो धनकुटा
reportersnepal.com · Sun Nov 08 06:16:11 UTC 2026

धनकुटा, २२ कात्तिक। धनकुटाका खेतबारी यतिबेला सयपत्री फूलले ढकमक्क ढाकिएका छन्। पहेँलपुर र सुन्तला रङका फूलले गाउँका पाखा र बारीको सौन्दर्य मात्र बढाएका छैनन्, किसानको आम्दानीको आशा पनि निकै बढाएका छन्। तिहार नजिकिएसँगै यतिबेला फूल किसानहरू फूल टिप्ने, माला बनाउने र उत्पादित फूललाई बजारसम्म पुर्याउने चटारोमा व्यस्त छन्।
नेपाली समाजमा तिहार भन्नेबित्तिकै फूल, माला, दियो र देउसीभैलोको चाड भनेर बुझिन्छ। घरका झ्यालढोका सजाउनदेखि दाजुभाइको गलामा लगाइदिने भाइटिकाको मालासम्म फूलकै अथाह महत्व हुन्छ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)