मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सुख्खा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध

nepalpress.com · Sun Nov 08 06:15:39 UTC 2026

चितवन । पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाँउपालिका-४ स्थित घोप्टेभीरमा सुक्खा पहिरो खस्दा दुईतर्फी रूपमा सडक अवरुद्ध भएको छ । आज बिहान करिब १०:०० बजे पहिरो खसेको थियो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक अनिल थापाका अनुसार पहिरो पन्छाउने काम भइरहेको छ । उनले भने, “थप पहिरो खसेन भने छिट्टै सडक दुईतर्फी सञ्चालनमा आउँछ ।” सडकमा पहिरो खसेपछि सवारीसाधन रोकिएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)