मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

ढकमक्क फूलले ढाकियो धनकुटा

nagariknews.nagariknetwork.com · Sun Nov 08 05:25:10 UTC 2026

धनकुटाका खेतबारी यतिबेला सयपत्री फूलले ढकमक्क छन्। पहेँलपुर र सुन्तला रङका फूलले गाउँका पाखा र बारीको सौन्दर्य मात्र बढाएका छैनन्, किसानको आम्दानीको आशा पनि बढाएका छन्। फूल किसान तिहार नजिकिएसँगै फूल टिप्ने, माला बनाउने र बजारसम्म पुर्‍याउने चटारोमा छन्।

तिहार भन्नेबित्तिकै फूल, माला, दियो र देउसीभैलोको चाड हो। घरका झ्यालढोका सजाउनदेखि दाजुभाइको गलामा लगाइदिने भाइटिकाको मालासम्म फूलकै महत्व हुन्छ। यही मागलाई अवसरमा बदल्दै धनकुटाका किसान व्यावसायिक फूल खेती गर्दै आएका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)