मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पाथीभरामा दर्शनार्थीको चाप बढ्दै

himalpress.com · Sun Nov 08 06:21:41 UTC 2026

फुङ्लिङ- ताप्लेजुङमा अवस्थित प्रसिद्ध धार्मिक तथा पर्यटकीय तीर्थस्थल पाथीभरामा पछिल्लो समय दर्शनार्थीको चाप बढ्दै गएको छ। मौसममा सुधार आएसँगै देशको विभिन्न जिल्लासहित भारतको सिक्किम र दार्जिलिङबाट समेत भक्तजन दर्शनका लागि आउन थालेपछि पाथीभरामा चहलपहल बढेको हो।

समुद्र सतहदेखि तीन हजार ७९४ मिटर उचाइमा रहेको पाथीभरामा शनिबार मात्रै तीन हजार १२२ जना भक्तजनले पूजापाठ तथा दर्शन गरेका छन्। यसअघि गत मंगलबार एकै दिन १० हजार ६१६ जना भक्तजनले पाथीभराको दर्शन गरेका थिए। उक्त संख्या यस वर्षकै उच्च हो।

स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)