यस वर्षको तिहार गीत : ‘परदेशीको देउसी भैलो’देखि ‘बालेन सहर’सम्म
ratopati.com · Sun Nov 08 06:16:40 UTC 2026

काठमाडौँ । उज्यालो र उमंगको पर्व तिहार नजिकिँदै गर्दा नेपाली सांगीतिक बजारमा देउसी–भैलोका गीतहरूले छुट्टै रौनक ल्याएका छन् । दाजुभाइ र दिदीबहिनीबिचको प्रेम, झिलमिली बत्ती, सयपत्री र मखमली फूलको सुवाससँगै खेलिने देउसी–भैलोले तिहारको विशेष महत्त्व बोकेको छ ।
यस वर्ष तिहारलाई लक्षित गर्दै थुप्रै नयाँ, मौलिक तथा आधुनिक गीतहरू सार्वजनिक भए । यी गीतहरूले मनोरञ्जन मात्र नभई हराउँदै गएको देउसी भैलो संस्कृति, गाउँघरको परम्परा र परदेशिएका आफन्तको पीडालाई समेत मार्मिक ढंगले उजागर गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)