मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

सुनचाँदीको मूल्य स्थिर, कतिमा हुँदै छ कारोबार ?

sutranews.com · Sun Nov 08 06:27:16 UTC 2026

काठमाडौं । नेपाली बजारमा आइतबार (कात्तिक २२) सुनचाँदीको मूल्य स्थिर रहेको छ । गत शुक्रबारको तुलनामा आइतबार सुनचाँदीको मूल्य स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला २ लाख ८३ हजार रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८३ हजार रुपैयाँमै किनबेच भएको थियो । साथै, आइतबार (कात्तिक २२) चाँदीको मूल्य स्थिर रहँदै ३ हजार ८१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । गत शुक्रबार पनि सोही मूल्य ३ हजार ८१० रुपैयाँमा चाँचीको कारोबार भएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (sutranews.com)