मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

श्रमिकको न्यूनतम दैनिक ज्याला बढ्यो

ratopati.com · Sun Nov 08 06:28:40 UTC 2026

काठमाडौँ । सरकारले सार्वजनिक खरिद प्रक्रियामा आबद्ध श्रमिकहरूको हकहित र सामाजिक सुरक्षा सुनिश्चित गर्ने उद्देश्यले नयाँ कार्यविधि जारी गरेकाे छ। पूर्वाधार विकास मन्त्रालयले ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिक (पारिश्रमिक तथा सामाजिक सुरक्षा) कार्यविधि, २०८३’ जारी गर्दै श्रमिकको न्यूनतम पारिश्रमिक, सामाजिक सुरक्षा कोष र कार्यस्थल सुरक्षासम्बन्धी नयाँ व्यवस्थाहरू लागू गरेको हो।

नयाँ कार्यविधिअनुसार सार्वजनिक खरिदअन्तर्गत कार्यरत श्रमिकहरूका लागि सामाजिक सुरक्षा कोषमा योगदान अनिवार्य गरिएको छ। जसमा सरकार (सार्वजनिक निकाय) र रोजगारदाताले समान १०-१० प्रतिशत साझेदारी गर्नेछन्। सरकारी साझेदारीबापतको रकम पूर्वाधार तथा आयोजनाको लागत अनुमान (Cost Estimate) र दररेट विश्लेषणमै समावेश गर्नुपर्ने व्यवस्था गरिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)