हिमाल बचाउन विश्वलाई नेपालको आग्रह : दया होइन, जलवायु न्याय चाहियो
kathmandupati.com · Sun Nov 08 06:30:13 UTC 2026

काठमाण्डु – हाम्रा सेता हिमाल काला पत्थरमा परिणत हुँदै छन् । हिउँले ढाकिएका हिमशृङ्खला क्रमशः रङ्गहीन र उजाड बन्दैछन् । हिमालको यो रूपान्तरणमा नेपालको भूमिका नगन्य छ । विश्वको तापक्रम बढाउन र जलवायु परिवर्तनको सङ्कट निम्त्याउन नेपालको योगदान अत्यन्त न्यून छ तर त्यसको असर भने हामीले असमान रूपमा भोगिरहेका छौँ । जलवायु परिवर्तन गराउन हाम्रो दोष छैन तर त्यसको मूल्य हामीले आफ्नै जीवन, घर, परिवार र भविष्य गुमाएर चुकाउनु परिरहेको छ ।
रसुवा र भोटेकोशीमा आएको बाढीले दिएको घाउ अझै आलो छ । बाढीले बगाएका बस्ती, भत्काएका संरचना र उजाड बनाएका जीवनका सम्झना अझै ताजै छन् । त्यस विपद्मा ज्यान गुमाएका एक हजार ५०० भन्दाबढी मानिस अब कहिल्यै फर्कने छैनन् । बेपत्ता भएका पाँच हजारभन्दा बढी मानिस फर्किएलान् भन्ने आशा पनि क्रमशः कम हुँँदै गएको छ । उनीहरूका परिवारका लागि पर्खाइ अझै सकिएको छैन होला, तर हराएका आफन्तको खबर नपाउँदाको पीडा शब्दमा व्यक्त गर्न सहज छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)