मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

लक्ष्मीपूजामा दुई हजार मेगावाटसम्म विद्युत् माग हुने अनुमान

baahrakhari.com · Sun Nov 08 06:34:45 UTC 2026

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले यस वर्ष लक्ष्मीपूजाका दिन करिब एक हजार ९ सयदेखि दुई हजार मेगावाटसम्म विद्युत् माग हुने अनुमान गरेको छ ।

उक्त माग सहजै व्यवस्थापन गर्न सकिने प्राधिकरणको दाबी छ । पछिल्लो समय भएको वर्षाका कारण नदीहरूमा पानीको बहाव राम्रो रहेको र विद्युत् उत्पादन तथा आपूर्तिका लागि पर्याप्त क्षमता उपलब्ध रहेको प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले बताए । सोही कारण लक्ष्मीपूजाका दिन विद्युत् आपूर्तिमा समस्या नहुने बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)