ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु
sutranews.com · Sun Nov 08 06:49:15 UTC 2026

काठमाडौं । सुनसरीको इटहरी उपमहानगरपालिका१३ गणेश पेट्रोल पम्पनजिक ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई पुरुषको भएको छ । शनिबार मध्यराति ११ बजेर ५० मिनेटमा कोशी लोकमार्गमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको प्रदेश १०४००१ ख ०००८ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको बा.प्र.०२०२५ प ३१३६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई पुरुष गम्भीर घाइते भएका थिए । घाइते दुवै जनालाई उपचारका लागि कोशी अस्पताल विराटनगर पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जनाएको छ । दुर्घटनामा संलग्न ट्रक र मोटरसाइकल नियन्त्रणमा लिई दुर्घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (sutranews.com)