यसपालिकाे लक्ष्मीपूजामा विद्युतकाे मागले नयाँ रेकर्ड बनाउने प्रक्षेपण
kendrabindu.com · Sun Nov 08 07:03:07 UTC 2026

काठमाडौं । यस वर्षको तिहारमा लक्ष्मीपूजाको साँझ विद्युत्को उच्चतम माग १ हजार ७ सय मेगावाट पुग्ने अनुमान गरिएको छ। नेपाल विद्युत् प्राधिकरणले गत वर्षको तुलनामा यस वर्ष विद्युत् खपत थप बढ्ने प्रक्षेपण गरेको हो।
लक्ष्मीपूजाका दिन घर, कार्यालय तथा सार्वजनिक स्थानमा झिलिमिली बत्ती र विभिन्न विद्युतीय सामग्रीको प्रयोग बढ्ने भएकाले विद्युत्को माग उच्च हुने गर्छ। प्राधिकरणका अनुसार यस वर्षको अनुमानित माग आन्तरिक उत्पादनबाटै सहज रूपमा व्यवस्थापन गर्न सकिनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)