कर्नाली–भेरीको भसी र देउसी–भैलो
annapurnapost.com · Sun Nov 08 07:08:30 UTC 2026

कर्णाली र भेरी क्षेत्रका आदिमवासी शिल्पी समुदाय र जातजातिका चाडपर्व केवल मनोरञ्जन नभई सीमान्तकृत समुदायको अस्तित्व र ऐतिहासिक पहिचानसँग जोडिएका छन्। नयाँ पुस्तामा यी मौलिक सांस्कृतिक सम्पदाको महत्त्व पुर्याउनु आजको प्रमुख आवश्यकता हो।
आदिमवासी शिल्पी समुदायमा भसी पर्व : कर्णाली र भेरी क्षेत्रका आदिमवासी रैथाने शिल्पी समुदाय (कामी, दमाई, सार्की, बादी र कुलोला) मा सदियौंदेखि विशिष्ट सांस्कृतिक परम्पराहरू अभ्यास हुँदै आएका छन्। यस क्षेत्रमा सामान्य तिहारको साटो ‘भसी’ (भुओ वा भूवा) खेल्ने मौलिक प्रचलन छ। अन्य क्षेत्रमा तिहारलाई उज्यालो र झिलीमिलीको पर्व मानिए तापनि यी समुदायहरूमा भने आफ्ना पुर्खाको इतिहास, गौरवशाली वीरता र सामुदायिक एकताको सम्झना गर्ने विशेष अवसरका रूपमा लिइन्छ। यसमा किशोर–किशोरीदेखि प्रौढहरूसम्मको सक्रिय सहभागिता रहने हुनाले यसले पुस्तान्तरणको गतिलो सन्देश पनि दिन्छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)