एआईको प्रयोगले आँखाको परीक्षणबाटै मधुमेह पत्ता लगाउन सकिने
swasthyakhabar.com · Sun Nov 08 07:18:53 UTC 2026

काठमाडौं – बेलायतमा आँखाको नियमित परीक्षणबाटै मधुमेह र मुटुरोगजस्ता गम्भीर स्वास्थ्य समस्याका प्रारम्भिक संकेत पहिचान गर्न कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधि प्रयोग गरिने भएको छ।
बेलायतको सन्डरल्यान्ड विश्वविद्यालयस्थित नर्दन अप्थाल्मिक रिसर्च एन्ड इनोभेसन (नोरी) केन्द्रले यससम्बन्धी प्रविधि विकास गर्न सरकारबाट १ करोड २२ लाख पाउन्ड (करिब २ अर्ब ३५ करोड रुपैयाँ) आर्थिक सहयोग प्राप्त गरेको छ। बेलायतको अनुसन्धान तथा नवप्रवर्तन निकाय (यूकेआरआई) मार्फत प्राप्त यो रकम रोगको प्रारम्भिक पहिचान र समयमै उपचारमा सहयोग पुर्याउने प्रविधि विकासमा खर्च गरिनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)