मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

धनधान्य एवं ऐश्वर्यकी देवी लक्ष्मीको पूजा गरिँदै

nepaltvonline.com · Sun Nov 08 07:17:44 UTC 2026

काठमाडौँ- ऐश्वर्य, धनधान्य एवं सम्पन्नताकी देवी लक्ष्मीको आज विशेष पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइँदैछ । प्रत्येक वर्ष कार्तिक कृष्ण औँसी अर्थात् यमपञ्चक एवं तिहारको तेस्रो दिन लक्ष्मीपूजा गर्ने वैदिक सनातनी परम्परा छ ।

सफासुग्घर र लिपपोत गरिएको घरमा मात्र लक्ष्मीले बास गर्छिन् भन्ने मान्यतासहित आज सरसफाइ गरी लक्ष्मीको पूजा गरिने धर्मशास्त्रविद् प्रा तोयराज नेपालले बताउनुभयो । यसै आधारमा आज बिहानै घर सफा सुग्घर र गाईको गोबर एवं रातोमाटोले लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ । आज विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सङ्घार, कौसी, अटाली र भर्‍याङलगायत स्थानमा सरसफाइ गरी दीपावली गरिन्छ । यस पर्वलाई दीपमालिका पनि भनिन्छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nepaltvonline.com)