मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

उद्धारमा खटिएको प्रहरी कुकुर 'लियो' मेडलद्वारा सम्मानित

barnanmedia.com · Sun Nov 08 07:18:04 UTC 2026

काठमाडौँ — गत भदौमा आएको भोटेकोशी बाढीमा खोज तथा उद्धार कार्यमा खटिएको नेपाल प्रहरीको 'लियो' नामक केनाइन (कुकुर) देशकै सर्वोत्कृष्ट घोषित भएको छ। नेपालभरका प्रहरी केनाइनहरूलाई पछि पार्दै ल्याब्रोडर जातको लियो सर्वोत्कृष्ट बनेको हो।

कुकुर तिहारको अवसरमा नेपाल प्रहरी केनाइन कार्यालयमा आयोजित एक विशेष कार्यक्रमका बीच अपराध अनुसन्धान विभागका डीआईजी ओम रानाले लियोलाई मेडल प्रदान गरेर सम्मान गरेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)