मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

पोल्यान्डमा अन्धाधुन्ध गोली प्रहार : ६ जनाको मृत्यु

khabarhub.com · Sun Nov 08 07:31:14 UTC 2026

क्राको – पोल्याण्डको क्राको सहरस्थित व्यस्त मुख्य चोकमा शनिबार एक व्यक्तिले अन्धाधुन्ध गोली चलाउँदा छ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । प्रहरीका अनुसार, २५ वर्षीय आक्रमणकारी अति–दक्षिणपन्थी तथा अति–राष्ट्रवादी विचारधाराबाट प्रभावित थिए ।

पोल्याण्डका रक्षामन्त्रीले ‘आतङ्कवादी कार्य’ भनेको उक्त आक्रमण क्राकोको प्रमुख पर्यटकीय क्षेत्र ओल्ड टाउनस्थित मेन स्क्वायरमा भएको हो । आक्रमणकारीले चोकका विभिन्न स्थानमा गाडी रोकेर स्वचालित हतियारबाट गोली चलाएका थिए । प्रहरीको जवाफी कारबाहीमा उनी घाइते भएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)