अमिताभ बच्चन बिरामी, ‘कौन बनेगा करोडपति’को छायाङ्कन रोकियो
swasthyakhabar.com · Sun Nov 08 07:27:12 UTC 2026

काठमाडौं– बलिउड अभिनेता अमिताभ बच्चनको स्वास्थ्यलाई लिएर पुनः चिन्ता व्यक्त हुन थालेको छ। उनले सञ्चालन गर्दै आएको चर्चित टेलिभिजन कार्यक्रम ‘कौन बनेगा करोडपति’ (केबीसी) को नयाँ भागको छायाङ्कन एक सातादेखि रोकिएको खबर सार्वजनिक भएको छ।
भारतीय सञ्चारमाध्यम एबीपी न्युजका अनुसार अमिताभको स्वास्थ्यमा समस्या देखिएपछि कार्यक्रम निर्माताले नयाँ भागको छायाङ्कन रोकेका हुन्। कार्यक्रमसँग सम्बन्धित एक स्रोतलाई उद्धृत गर्दै सार्वजनिक गरिएको समाचारमा उनको स्वास्थ्यमा सुधार आए आगामी सातादेखि छायाङ्कन पुनः सुरु हुन सक्ने उल्लेख छ।
स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)