मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

चिल्लो खानेकुरा : शरीरलाई कति आवश्यक, कति हानिकारक ?

swasthyakhabar.com · Sun Nov 08 07:36:40 UTC 2026

चिल्लो पदार्थ शरीरका लागि अनिवार्य पोषक तत्त्व हो। यसले ऊर्जा उत्पादन गर्न, हर्मोन निर्माण गर्न र भिटामिन ए, डी, ई तथा के अवशोषण गर्न मद्दत गर्छ। तर, चिल्लो पदार्थको मात्रा र प्रकारमा ध्यान नदिँदा मुटुरोग, कलेजोमा बोसो जम्ने समस्या, मोटोपन र टाइप–२ मधुमेहको जोखिम बढ्न सक्छ। त्यसैले चिल्लो पूर्ण रूपमा छाड्नुभन्दा सही प्रकारको चिल्लो उचित मात्रामा खानु महत्त्वपूर्ण हुन्छ।

हाम्रो भान्सामा दैनिक प्रयोग हुने तेल, घिउ, मासु, दूध, बदाम, ओखरलगायतका खानेकुरामा चिल्लो पदार्थ पाइन्छ। शरीरलाई आवश्यक पर्ने भएकाले खानाबाट चिल्लो पूर्ण रूपमा हटाउनु स्वास्थ्यका दृष्टिले उचित हुँदैन। तर, कस्तो चिल्लो खाने, कति खाने र कुन तरिकाले पकाउने भन्ने कुराले स्वास्थ्यमा ठूलो प्रभाव पार्छ।

स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)