मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

बिक्रीबाट ३८ करोड ६७ लाखभन्दा बढी रकम भित्रियो

gorkhapatraonline.com · Sun Nov 08 07:41:28 UTC 2026

दसैं–तिहारमा मुस्ताङबाट १५ हजारभन्दा बढी भेडा–च्याङ्ग्रा बाहिरिएका छन् । जिल्लाको पाँचवटै स्थानीय तह, चीनको तिब्वत तथा कर्णाली प्रदेशको डोल्पा, मुगु र हुम्ला जिल्लाबाट च्याङ्ग्रा १३ हजार ३७ र भेडा २३ सय २१ गोटा निकासी भएको हो ।

यस वर्ष मुस्ताङका पशुपालक कृषकले ७ हजार ९ सय ९४ च्याङ्ग्रा, १ हजार ३ सय ३७ भेडा (च्यालुक) र ६ सय ६५ रोमा (च्याङ्ग्री) बिक्री गरेका छन् । त्यसैगरी डोल्पाबाट ३ हजार ८६४, मुगुबाट ५६०, जुम्लाबाट ५ सय र तिब्बतबाट कोरला नाका हुँदै ४ सय ३८ च्याङ्ग्रा मुस्ताङ भित्रिएका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)