बालेनपत्नी सबिनाले आयोजना गरिन् कुकुर तिहार विशेष कार्यक्रम, यसरी सम्झिइन् बाल्यकालको तिहार
clickmandu.com · Sun Nov 08 07:49:53 UTC 2026

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह बालेनकी पत्नी सबिना काफ्लेले आज आइतबार कुकुर तिहारको अवसरमा काठमाडौंको नक्सालस्थित नारायणचौरमा कुकुर तिहार विशेष कार्यक्रम आयोजना गरेकी छन् । नेपाली परम्परामा कुकुरको निष्ठा, साथ र साहसको सम्मान गर्दै मनाइने कुकुर तिहारलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा मन्त्रीहरू, विदेशी कूटनीतिज्ञ, कलाकार तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो । सहभागीहरूले कुकुरलाई टीका तथा माला लगाएर पूजा गर्दै कुकुरप्रतिको माया, सम्मान र संरक्षणको सन्देश दिएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)