आज विद्युत् माग १७ सय मेगावाट पुग्ने अनुमान, आपूर्तिमा समस्या आउँदैन : प्राधिकरण
barnanmedia.com · Sun Nov 08 08:01:42 UTC 2026

काठमाडौँ — तिहारमा झिलिमिली बत्तीको प्रयोगसँगै यस वर्ष लक्ष्मीपूजाका दिन विद्युत्को अधिकतम माग (पिक डिमान्ड) करिब १७ सय मेगावाट पुग्ने अनुमान गरिएको छ । माग उच्च हुने भए तापनि विद्युत् आपूर्तिमा कुनै समस्या नआउने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
अघिल्ला वर्षहरूको तुलनामा तिहारमा विद्युत् खपत निरन्तर बढ्दै गएको छ । गत वर्षको लक्ष्मीपूजाका दिन विद्युत्को उच्च माग १६५० मेगावाट पुगेको थियो । त्यसैगरी, २०८१ मा १६०२, २०८० मा १४३८ र २०७९ मा १३०५ मेगावाट माग भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)