मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रास्वपाका सभापति लामिछानेको कामनाः सामाजिक र राष्ट्रिय एकता बलियो होस्

barnanmedia.com · Sun Nov 08 08:16:51 UTC 2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सामाजिक र राष्ट्रिय एकता बलियो बनाउन तिहार, छठलगायत महत्वपूर्ण पर्वमार्फत टेवा पुगोस् भनी कामना गर्नुभएको छ ।

दीपावली, नेपाल संवत् र छठ पर्वको उपलक्ष्यमा सामाजिक सञ्जालबाट आज शुभकामना दिनुहुँदै सभापति लामिछानेले परिवार, समाज र समुदायबीचको आपसी प्रेम, सद्भाव र एकतालाई थप सुदृढ बनाउन यी पर्व महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभएको हो । उहाँले विविधताबीचको हाम्रो राष्ट्रिय एकतालाई अझ बलियो बनाउन सकोस् भनी कामना पनि गर्नुभएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)