मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

प्रधानमन्त्री पत्नी सबिनाको कुकुर तिहार विशेष कार्यक्रम, तस्बिरमा हेर्नुहोस्

ratopati.com · Sun Nov 08 08:29:15 UTC 2026

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह बालेनकी पत्नी सबिना काफ्लेले आज आइतबार कुकुर तिहारको अवसरमा काठमाडौँको नक्सालस्थित नारायणचौरमा कुकुर तिहार विशेष कार्यक्रम आयोजना गरेकी छन्। नेपाली परम्परामा कुकुरको निष्ठा, साथ र साहसको सम्मान गर्दै मनाइने कुकुर तिहारलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा मन्त्रीहरू, विदेशी कूटनीतिज्ञ, कलाकार तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो । सहभागीहरूले कुकुरलाई टीका तथा माला लगाएर पूजा गर्दै कुकुर प्रतिको माया, सम्मान र संरक्षणको सन्देश दिएका थिए।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)