मध्य जापानमा ५ दशमलव ७ म्याग्निच्युडको भूकम्प
ratopati.com · Sun Nov 08 08:40:46 UTC 2026

टाेकियाे । मध्य जापानमा आइतबार बिहान ५ दशमलव म्याग्निच्युडको भूकम्प जाँदा कम्तीमा २४ जना घाइते भएका छन् । भूकम्पका कारण भवनका झ्यालका सिसा फुट्नुका साथै रेल सेवा पनि अवरुद्ध भएको अधिकारी तथा स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
जापान मौसम विज्ञान एजेन्सीका अनुसार टोकियोको पश्चिममा पर्ने सिजुओका प्रिफेक्चरमा स्थानीय समयअनुसार बिहान १ः०४ बजे भूकम्प गएको थियो । भूकम्पपछि सुनामीको चेतावनी भने जारी गरिएको छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)