मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

जापानमा ५.७ म्याग्निच्युडको भूकम्प

onlinekhabar.com · Sun Nov 08 08:32:23 UTC 2026

२२ कात्तिक, टोकियो (रासस/एएफपी)। मध्य जापानमा आइतबार बिहान पाँच दशमलव सात म्याग्निच्युडको भूकम्प जाँदा कम्तीमा २४ जना घाइते भएका छन् । भूकम्पका कारण भवनका झ्यालका सिसा फुट्नुका साथै रेल सेवा पनि अवरुद्ध भएको अधिकारी तथा स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

जापान मौसम विज्ञान एजेन्सीका अनुसार टोकियोको पश्चिममा पर्ने सिजुओका प्रिफेक्चरमा स्थानीय समयअनुसार बिहान १ः०४ बजे भूकम्प गएको थियो । भूकम्पपछि सुनामीको चेतावनी भने जारी गरिएको छैन ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)