भोटेकोशी विपद्, कमजोरलाई झनै पीडा
news24nepal.tv · Sun Nov 08 08:42:47 UTC 2026

काठमाडौं : भोटेकोशी बाढीका क्रममा विपद् पूर्वतयारीमा चुक्दा धेरै ज्येष्ठ नागरिक तथा अपांगता भएकाको जीवनरक्षा गर्न नसकिएको अधिकारकर्मीले बताएका छन् ।
ललितपुरमा आयोजित विपद्पछिको राष्ट्रिय संवाद कार्यक्रम राइजिङ फ्रम द रोअरमा बोल्दै अपांगता अधिकारकर्मी रमेश पोखरेलले सरकारले अपांगता भएकाहरुलाई विपद्को पूर्व तयारीमा स्थानीय तहसम्मै जोड्न नसक्दा विपद्मा धेरै अपांगता भएकाले ज्यान गुमाएको बताए । राष्ट्रिय अपांग महासंघ नेपालका अनुसार विपद्मा परी अपांगता भएका १३ जनाको ज्यान गएको छ भने हालसम्म १८ जना बेपत्ता छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)