कवितावाचन गर्दै मनाइयो महाकविको जन्मजयन्ती
baahrakhari.com · Sun Nov 08 08:58:11 UTC 2026

काठमाडौं । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११८औँ जन्मजयन्तीका अवसरमा शिवपुरी सन्देश तथा शिवपुरी साहित्य समाजले आइतबार (कात्तिक २२) विशेष कवि गोष्ठी आयोजना गरेको छ ।
कवि गोष्ठीमा वियोगी बुढाथोकी, विष्णुबहादुर सिंह, शङ्कर भारती, सोझो गाउँले, प्रकाश तिवारी, प्रकाश घायल, माधव बिडारी, चेतन पथ, जीत कार्की, रामेश्वर केसी, तुलसीराम पुडासैनी, रविन्द्र आशिष, एचके धिताल, नरबहादुर बुढाथोकी, डा. शान्तिमाया गिरी, सुमन थापा, तारा सुवेदी, रूपा रिसाल, शोभा अधिकारी, श्यामबहादुर भावुक, वासुदेव गुरागाईं, नवराज तिवारी, अरुण नदी, श्याम संकल्प, बिसुकुमार केसीलगायत कविहरूले गीत, गजल, कविता तथा मुक्तकवाचन गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)