मध्य जापानमा ५.७ म्याग्निच्युडको भूकम्प : २४ घाइते, बुलेट रेल सेवा प्रभावित
ukeraa.com

एजेन्सी : मध्य जापानमा आइतबार बिहान पाँच दशमलव सात म्याग्निच्युडको भूकम्प जाँदा कम्तीमा २४ जना घाइते भएका छन्। भूकम्पका कारण भवनका झ्यालका सिसा फुट्नुका साथै रेल सेवा पनि अवरुद्ध भएको अधिकारी तथा स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।
जापान मौसम विज्ञान एजेन्सीका अनुसार टोकियोको पश्चिममा पर्ने सिजुओका प्रिफेक्चरमा स्थानीय समयअनुसार बिहान १ः०४ बजे भूकम्प गएको थियो। भूकम्पपछि सुनामीको चेतावनी भने जारी गरिएको छैन।
स्रोतमा पूरा पढ्नुहोस् (ukeraa.com)