मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

काठमाडौं महानगरद्वारा ३३६ प्लास्टिकका माला र १४० पुष्पगुच्छा जफत

kendrabindu.com · Sun Nov 08 09:10:14 UTC 2026

काठमाडौं । तिहारलाई लक्षित गर्दै काठमाडौं महानगरपालिकाले प्लास्टिकजन्य फूल, माला, पुष्पगुच्छा तथा सजावटका सामग्रीको बिक्री वितरणमा प्रतिबन्ध लगाएको छ । प्रतिबन्धको अवज्ञा गर्दै बिक्रीका लागि राखिएका ३३६ वटा प्लास्टिकका माला र १४० वटा पुष्पगुच्छा महानगर प्रहरी बलले विभिन्न स्थानबाट जफत गरेको छ ।

महानगर प्रहरी बल र महानगरपालिकाको वातावरण व्यवस्थापन विभागले छुट्टाछुट्टै सार्वजनिक सूचना जारी गरी प्लास्टिकजन्य फूल, माला, पुष्पगुच्छा तथा सजावटका सामग्रीको उत्पादन, आयात, बिक्री वितरण र भण्डारणमा रोक लगाएका थिए । सार्वजनिक सूचनाको अवज्ञा गर्दै व्यापार गर्ने व्यवसायीबाट ती सामग्री जफत गरिएको महानगरले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)