सिन्धुली, सिरहा र महोत्तरीका नागरिकलाई केएमसी दुवाकोटमा ५० प्रतिशतसम्म छुट
swasthyakhabar.com · Sun Nov 08 09:07:34 UTC 2026

सिन्धुली- नेपाली कांग्रेसका नेता तथा गिरिजाप्रसाद कोइराला फाउन्डेसनका सभापति डा. सुनिलकुमार शर्माको पहलमा सिन्धुली, सिरहा र महोत्तरी जिल्लाका नागरिकले काठमाडौं मेडिकल कलेज (केएमसी) मा उपचार गराउँदा विशेष सहुलियत पाउने भएका छन्। आर्थिक अवस्था कमजोर भएका नागरिकलाई सहज रूपमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले डा. शर्माको उपस्थितिमा केएमसी र नेपाली कांग्रेसका स्थानीय तह, क्षेत्र तथा जिल्ला तहका सभापतिहरूबीच उपचारमा छुट उपलब्ध गराउने सम्झौता गरिएको हो।
समाजसेवामा सक्रिय डा. शर्मा लामो समयदेखि आर्थिक अभावका कारण उपचारबाट वञ्चित नागरिकलाई सहयोग गर्दै आएका छन्। निःशुल्क उपचार, स्वास्थ्य शिविर तथा विभिन्न सामाजिक सेवामार्फत नागरिकलाई स्वास्थ्य सेवाको पहुँचमा पुर्याउने अभियानमा उनको संलग्नता रहँदै आएको छ। सोही सामाजिक उत्तरदायित्वलाई निरन्तरता दिँदै यसपटक तीन जिल्लाका नागरिकलाई अस्पतालमा उपचार गराउँदा विशेष छुट उपलब्ध गराउने व्यवस्था मिलाइएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)