मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

देउवा समूहले ३९ जिल्लामा छान्यो नयाँ सभापति

nepalviews.com · Sun Nov 08 09:17:58 UTC 2026

काठमाडौं । नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले समानान्तर रूपमा अघि बढाएको महाधिवेशन प्रक्रियाअन्तर्गत ३९ जिल्लामा जिल्ला अधिवेशन सम्पन्न गरेको छ । अधिवेशनबाट ती जिल्लामा नयाँ जिल्ला कार्यसमिति चयन गरिएको समूहले जनाएको छ ।

समूहको चुनदेवीस्थित सम्पर्क कार्यालयका अनुसार हालसम्म ३९ जिल्लामा अधिवेशन सम्पन्न भइसकेको छ । समूहले मंसिर २१ देखि २३ गतेसम्म महाधिवेशन गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको छ । त्यसअघि कार्तिक मसान्तसम्म सबै जिल्लाको अधिवेशन सम्पन्न गर्ने समयसीमा तोकिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)