आइसेनकोटले बदल्न सक्लान् इजरायलको छवि ?
nepalviews.com · Sun Nov 08 09:32:46 UTC 2026

काठमाडौं । इजरायलका राष्ट्रपति इसाक हर्जोगले निर्वाचनपछि संसद् (नेस्सेट) मा कुनै पनि राजनीतिक गठबन्धनले बहुमत प्राप्त गर्न नसकेपछि याशार पार्टीका नेता गादी आइसेनकोटलाई नयाँ सरकार गठन गर्ने जिम्मेवारी दिएका छन् ।
पूर्वसैनिक प्रमुख आइसेनकोटले अब सरकार गठनका लागि २८ दिनको समय पाएका छन् । आवश्यक परे थप १४ दिन समय थप्न सकिनेछ । यस अवधिमा उनी सरकार गठन गर्न असफल भएमा राष्ट्रपति हर्जोगले अर्का नेतामध्ये सम्भवतः प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई सरकार गठनको प्रयास गर्ने अवसर दिनेछन् । त्यो प्रयास पनि असफल भएमा पुनः निर्वाचन हुनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)