नदेखिने महामारीको जोखिम
baahrakhari.com · Sun Nov 08 09:25:02 UTC 2026

उपत्यकाका फार्मेसीहरूमा औषधि व्यवस्था विभागले गरेको छड्के अनुगमनको नतिजा झस्किनुपर्ने देखियो । विभागका अनुसार अनुगमन गरिएका ललितपुरका १६ सामुदायिक फार्मेसीमध्ये १३ वटाले चिकित्सकको प्रेस्क्रिप्सनविना एजिथ्रोमाइसिन बिक्री गरेका थिए ।
छड्के अनुगमनमा गएका विभागका कर्मचारीले मौखिकरूपमा मागेकै भरमा कुनै पुर्जा, परामर्श वा प्रश्नविना नै उक्त औषधि किन्न दिइएको थियो । यो अङ्क सानो देखिए पनि प्रवृत्ति भने देशकै प्रतिनिधि उदाहरण हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)