रियादको वित्तीय क्षेत्रमा आक्रमण, अरामको टावरमा क्षति
baahrakhari.com · Sun Nov 08 09:31:42 UTC 2026

रियाद । यमनका हुथी विद्रोहीले प्रहार गरेका क्षेप्यास्त्रलाई साउदी अरब नेतृत्वको गठबन्धनले बीचमै निष्क्रिय पारेको घोषणा गरेको केही समयपछि साउदी राजधानी रियादको वित्तीय क्षेत्रमा आक्रमण भएको छ । आक्रमणबाट त्यहाँस्थित अरामको टावरमा क्षति पुगेको प्रत्यक्षदर्शीले आइतबार एएफपी लाई बताएका छन् ।
“किङ अब्दुल्लाह फाइनान्सियल डिस्ट्रिक्ट (केएएफडी)मा रहेको अरामको टावरलक्षित गरिएको हो, यसमा कुनै शंका छैन,” एक प्रत्यक्षदर्शीले भने । अरू दुई प्रत्यक्षदर्शीले पनि उक्त भवनमा क्षति पुगेको पुष्टि गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)