साउदी अरेबियाको वित्तीय क्षेत्रमा हुथीको आक्रमण, अरामको टावरमा क्षति
bishowkhabar.com · Sun Nov 08 09:46:43 UTC 2026

काठमाडौं– यमनका हुथी विद्रोहीले प्रहार गरेका क्षेप्यास्त्रलाई साउदी नेतृत्वको गठबन्धनले बीचमै निष्क्रिय पारेको घोषणा गरेको केही समयपछि साउदी राजधानी रियादको वित्तीय क्षेत्रमा आक्रमण भएको छ । आक्रमणबाट त्यहाँस्थित अरामको टावरमा क्षति पुगेको प्रत्यक्षदर्शीहरूले आइतबार एएफपीलाई बताएका छन् ।
‘किङ अब्दुल्लाह फाइनान्सियल डिस्ट्रिक्ट (केएएफडी) मा रहेको अरामको टावरलाई लक्षित गरिएको हो, यसमा कुनै शङ्का छैन’, एक प्रत्यक्षदर्शीले भने । अन्य दुई प्रत्यक्षदर्शीले पनि उक्त भवनमा क्षति पुगेको पुष्टि गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)