मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

ट्र्याक्टरले ठक्कर दिँदा प्रहरी जवानको मृत्यु

kendrabindu.com · Sun Nov 08 09:40:00 UTC 2026

नवलपरासी । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को देवचुलीमा गुडिरहेको मोटरसाइकललाई ट्र्याक्टरले ठक्कर दिँदा प्रहरी जवानको मृत्यु भएको छ ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा.प्र. ०२–०७३ प २०७७ नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ जाँदै गरेको लु ३ त ३६३३ नंको ट्र्याक्टरले आज बिहान ठक्कर दिएको थियो । ट्र्याक्टरको ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकल चालक डडेल्धुराको अजयमेरु गाउँपालिका–१ का २४ वर्षीय लोकेश भण्डारीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका उनलाई प्रहरीले तत्काल उद्धार गरी डण्डामा रहेको मध्यविन्दु प्रादेशिक अस्पताल लगेकामा चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अनिल पण्डितले जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)