मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अवैध पटका बेच्ने दुई व्यापारी पक्राउ

gorkhapatraonline.com · Sun Nov 08 09:47:08 UTC 2026

गुल्मीमा अवैध पटका बिक्री गर्ने दुई जना ब्यापारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्लाको रेसुंगा नगरपालिका वडा नम्बर ८ खानीगाउँको माइला जनरल स्टोर्स र जागृति सप्लायर्सका सञ्चालकहरुलाई प्रहरीले आइतबार नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक वीरेन्द्र विश्वकर्माका अनुसार बारा जिल्ला परवार्सपुर गाउँपालिका वडा नम्वर दुई घर भई खानीगाउँमा माइला जनरल स्टोर्सका सञ्चालक २८ वर्षीय कृष्ण साह र गुल्मीको गुल्मीदरबार गाउँपालिका वडा नम्बर १ बलिथुम घर भई खानीगाउँमै जागृति सप्लायर्सका सञ्चालक २१ वर्षीय निशान्त पुनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)