मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

स्टिफन मिलर ह्वाइट हाउसको नयाँ चिफ अफ स्टाफ बनेपछि अमेरिकामा ग्रिनकार्ड नियम थप कडा बन्ने संकेत

clickmandu.com · Sun Nov 08 10:04:56 UTC 2026

एजेन्सी । अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले आप्रवासनको कट्टर विरोधी नीतिका मुख्य योजनाकार स्टिफन मिलरलाई ह्वाइट हाउसको नयाँ चिफ अफ स्टाफ नियुक्त गरेका छन् ।

हालै सम्पन्न मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीले संसदमा बहुमत गुमाएको केही दिनपछि ट्रम्पले सुजी वाइल्सको स्थानमा मिलरलाई यो शक्तिशाली पदको जिम्मेवारी दिएका हुन् । यस रणनीतिक कदमले अमेरिकाको समग्र आप्रवासन नीति, विशेषगरी दक्ष विदेशी कामदार (एच–१बी भिसा), अन्तर्राष्ट्रिय विद्यार्थी र ग्रिनकार्डका प्रावधानहरू थप कठोर बन्ने संकेत गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)