वातावरण संरक्षणमा एआई प्रयोग बढ्यो, तर डेटा सेन्टरको ऊर्जा र पानी खपतप्रति चिन्ता
ratopati.com · Sun Nov 08 10:15:00 UTC 2026

वासिङ्टन । विश्वभरका वातावरण संरक्षणसम्बन्धी संस्थाहरूले जलवायु परिवर्तनसम्बन्धी तथ्यांक विश्लेषण गर्न, वन डढेलोको निगरानी गर्न तथा लोपोन्मुख वन्यजन्तुको संख्या गणना गर्न एआईको प्रयोग गरिरहेका छन् । तर उनीहरूले प्रयोग गरिरहेको यही प्रविधिले विद्युत् खपत, पानीको उपयोग र हरितगृह ग्यास उत्सर्जनसमेत तीव्र रूपमा बढाइरहेको भन्दै चिन्ता पनि व्यक्त गरेका छन् ।
यसले जलवायु परिवर्तनविरुद्ध काम गर्ने र प्राकृतिक स्रोतको संरक्षण गर्ने उद्देश्य राखेका संस्थाहरूलाई एउटा विरोधाभासपूर्ण अवस्थामा पुर्याएको छ । वातावरण संरक्षणका लागि प्रभावकारी मानिएको प्रविधिको प्रयोग गर्दा त्यसबाट उत्पन्न हुने वातावरणीय लागतलाई कसरी औचित्यपूर्ण बनाउने भन्ने प्रश्न पनि खडा भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)