मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

रियादको वित्तीय क्षेत्रमा आक्रमण, अरामको टावरमा क्षति

reportersnepal.com · Sun Nov 08 10:24:28 UTC 2026

रियाद, २२ कात्तिक । यमनका हुथी विद्रोहीले प्रहार गरेका क्षेप्यास्त्रलाई साउदी नेतृत्वको गठबन्धनले बीचमै निष्क्रिय पारेको घोषणा गरेको केही समयपछि साउदी राजधानी रियादको वित्तीय क्षेत्रमा आक्रमण भएको छ । आक्रमणबाट त्यहाँस्थित अरामको टावरमा क्षति पुगेको प्रत्यक्षदर्शीहरूले आइतबार एएफपीलाई बताएका छन् ।

“किङ अब्दुल्लाह फाइनान्सियल डिस्ट्रिक्ट (केएएफडी) मा रहेको अरामको टावरलाई लक्षित गरिएको हो, यसमा कुनै शङ्का छैन,” एक प्रत्यक्षदर्शीले बताए । अन्य दुई प्रत्यक्षदर्शीले पनि उक्त भवनमा क्षति पुगेको पुष्टि गरेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)