मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

तिहार बिदामा मुस्ताङ घुम्ने पर्यटक बढ्दै

nepalsamaya.com · Sun Nov 08 10:17:37 UTC 2026

मुस्ताङ। तिहार बिदाका अवसरमा हिमाली जिल्ला मुस्ताङ घुम्ने पर्यटकको संख्यामा वृद्धि भइरहेको छ। तिहारको अघि र पछि लामो सरकारी बिदा परेकाले मुस्ताङ घुम्ने पर्यटकको संख्या बढेका हुन्।

यस वर्ष मौसम प्रतिकूलका कारण दसैँअघि र पछि मुस्ताङमा अपेक्षा गरेअनुरुप पर्यटक भित्रिन सकेका थिएनन्। भारी वर्षा, हिमपात, हिमपहिरो र आँधीलगायत प्राकृतिक जोखिमको प्रक्षेपण गरिएकाले मुस्ताङमा विगतका वर्षभन्दा यस वर्ष पर्यटकको संख्यामा सोचअनुसार आउन सकेका थिएनन्। तर, तिहार नजिकिएसँगै मौसम अनुकूल बन्दै गइरहेकाले स्वदेशी तथा विदेशी पर्यटकको आगमन संख्या बढेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)