रियादको अरामको टावरमा हुथी विद्रोहीको आक्रमण, बहुराष्ट्रिय तनाव तीव्र
hamrakura.com · Sun Nov 08 00:00:00 UTC 2026

काठमाडौँ। यमनका हुथी विद्रोहीले प्रहार गरेका क्षेप्यास्त्रहरूलाई साउदी नेतृत्वको गठबन्धनले बीचमै निष्क्रिय पारेको घोषणा गरेको केही समयमै साउदी अरबको राजधानी रियादस्थित वित्तीय क्षेत्रमा आक्रमण भएको छ। आक्रमणबाट किङ अब्दुल्लाह फाइनान्सियल डिस्ट्रिक्टमा रहेको अरामको टावरमा क्षति पुगेको छ।
प्रत्यक्षदर्शीहरूका अनुसार टावरका धेरै तल्लाका सिसा फुटेका छन् भने बाहिरी संरचनामा पनि क्षति देखिएको छ। साउदी नेतृत्वको गठबन्धनका प्रवक्ता तुर्की अल–माल्कीले रियादलाई लक्षित गरी प्रहार गरिएका दुई ब्यालेस्टिक क्षेप्यास्त्रलाई हवाई प्रतिरक्षा प्रणालीले बीचमै नष्ट गरेको बताएका थिए। तर त्यसलगत्तै राजधानीमा ठूला विस्फोटका आवाज सुनिएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)