मुगुमा स्याउखेती : व्यापारी गाउँमै पुग्दा किसानले पाए राम्रो मूल्य
nepalsamaya.com · Sun Nov 08 10:44:21 UTC 2026

मुगु। हिमाली जिल्ला मुगुमा पछिल्लो समय स्याउ खेती गर्ने कृषकहरूको सङ्ख्या बढ्दै गएको छ। तर, स्याउ फुल्ने समयमा आएको असिनापानी र हावाहुरीका कारण दाना झर्दा गत वर्षको तुलनामा यो वर्ष उत्पादनमा भारी गिरावट आएको छ। एकातिर उत्पादन घटे पनि गाउँ–गाउँमा सडक सञ्जाल जोडिएसँगै व्यापारीहरू बगैंचामा पुग्न थालेपछि कृषकहरूले विगतका वर्षहरूको दाँजोमा स्याउको राम्रो मूल्य भने पाएका छन्।
स्याउ फुल्ने समय (चैत–वैशाख) मा मुगुका ३ दर्जनभन्दा बढी स्थानमा आएको हावाहुरी र असिनापानीले फूल झारेका कारण उत्पादनमा असर परेको हो। जिल्लाका ताल्चा, कालापाल्त, ढुम, मैथु, रोवा, घट्टलेख, शोभा, तलिलेख, चिमाथ, पापु, बाम, सोरुकोट, धैन, कालै, सिड्डि, अमाले, लुमेरा, कोटीला, सेरी, जाम, रासकोडीबाडा लगायतका पकेट क्षेत्रमा उत्पादन घटेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)