मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

व्यवहारमै नारी शक्तिको सम्मान गरौं : मुख्यमन्त्री थापा

gorkhapatraonline.com · Sun Nov 08 10:47:34 UTC 2026

बागमती प्रदेश मुख्यमन्त्री किरण थापाले नारी शक्तिको सम्मान व्यवहारमै उतार्न अनुरोध गर्नुभएको छ। तिहारलाई उज्यालो, उमङ्ग र धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना गर्ने पर्वको रूपमा मनाइँदै गर्दा बागमती प्रदेशका मुख्यमन्त्री थापा मगरले भने यस पर्वलाई महिला सम्मान र नारी शक्तिको महत्वसँग जोड्नुभएको हो।

लक्ष्मीपूजाको अवसरमा शुभकामना सन्देश दिँदै मुख्यमन्त्री थापा मगरले तस्बिरमा सजिएकी लक्ष्मीको पूजा गरेर मात्र नहुने भन्दै घरपरिवार र समाजमा रहेका महिलालाई पनि उत्तिकै आदर र सम्मान गर्न आग्रह गर्नुभएको छ । ‘तस्बिरकी लक्ष्मीको पूजा मात्र होइन, घर–समाजकी लक्ष्मीलाई पनि आदर–सम्मान दिनुहोस्’ उहाँले भन्नुभएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)