मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पर्सा जिल्ला अदालतको सेवा प्रवाहमा सुधार

kendrabindu.com · Sun Nov 08 11:02:27 UTC 2026

पर्सा । जिल्ला अदालतले सेवाग्राहीलाई सहज रुपमा सेवा प्रदान गर्ने उद्देश्यले संरचनागत र व्यवस्थापकीय सुधार गरेको छ।

सरल र सुविधायुक्त वातावरणमा न्यायिक सेवा उपलब्ध गराउन सेवाग्राहीमैत्री न्याय प्रशासनलाई प्राथमिकता दिँदै संस्थागत विकास, भौतिक पूर्वाधारमा सुधार गरी विभिन्न सुधारका काम अघि बढाइएको छ । अदालतले न्यायको मूर्ति स्थापना, महिला तथा पुरुष सेवाग्राहीका लागि छुट्टाछुट्टै शौचालय निर्माण तथा न्यायाधीशको च्याम्बरमा शौचालयको व्यवस्था र सेवाग्राही महिलाको सुविधालाई ध्यानमा राख्दै स्तनपान कक्षसमेत स्थापना गरेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)