मन्त्री क्वाटर भैंसेपाटीमा कार्यरत प्रहरी जवानको देउचुलीमा सडक दुर्घटनामा मृत्यु
nepalpress.com · Sun Nov 08 11:04:13 UTC 2026

रुपन्देही । पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपुरको देवचुलीमा ट्याक्टरको ठक्करबाट मोटरसाइकलमा सवार एक प्रहरी जवानको मृत्यु भएको छ ।
नारायणघाटबाट कावासोती तर्फ जाँदै गरेको बा.प्र.०२-०७३ प २०७७ नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ जाँदै गरेको नम्बर नखुलेको ट्याक्टरले ठक्कर दिँदा मोटरसाइकल चालक जिल्ला डडेलधुरा खटेडा-१ घर भएका नेपाल प्रहरीका जवान २४ वर्षीय लोकेश भण्डारीको मृत्यु भएको नवलपुर प्रहरीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)