त्रिमूर्ति निकेतनमा देवकोटा जयन्ती
himalpress.com · Sun Nov 08 11:08:27 UTC 2026

काठमाडौँ- नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११८औँ जन्मजयन्ती विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ।
यसै अवसरमा त्रिमूर्ति निकेतनका संस्थापक तथा अध्यक्ष इन्दिरा प्रसाईंले आइतबार महाकवि देवकोटाको पूर्णकदको प्रतिमामा माल्यार्पण गरेकी छन्। त्यस अवसरमा उनले कविशिरोमणि लेखनाथ पौड्याल र नाट्यसम्राट् बालकृष्ण समका पूर्णकदका प्रतिमामा पनि माल्यार्पण गरेकी थिइन्।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)