मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बझाङमा भरुवा बन्दुकसहित ४० वर्षीय रोकाया पक्राउ

kendrabindu.com · Sun Nov 08 11:17:38 UTC 2026

बझाङ । बझाङमा भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा मष्टा गाउँपालिका–२ धनातोलीका ४० वर्षीय राजेन्द्र रोकाया रहेका छन्।

प्रहरीका अनुसार आइतबार बिहान इलाका प्रहरी कार्यालय मष्टाबाट खटिएको टोलीले रोकायाको घर तलासी गर्दा एक थान भरुवा बन्दुक फेला पारेको थियो। बन्दुक फेला परेपछि उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)